SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast show image

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Podcast

Episodes

Listen, download, subscribe

Stories of Nepali speakers in Shepparton: Bishal Jung Kunwar and Bhesh Raj Baral - शेपर्टनवासी नेपालीभाषीका कथाहरू: विशालजङ्ग कुँवर र भेषराज बराल

SBS Nepali was recently in Shepparton, a regional city in northern Victoria located about two-and-a-half hours' drive from Melbourne's CBD, as part of an SBS Audio visit with the multicultural local communities on Friday, 12 June 2026. Community members told SBS Nepali that Shepparton has increasingly become a preferred destination for Nepali-speaking migrants in recent years. This podcast episode features our conversation with residents Bishal Jung Kunwar and Bhesh Raj Baral. Kunwar is the Secretary of the Greater Shepparton Nepali Community and an Early Years CALD Outreach Officer with the Greater Shepparton City Council, while Baral, a Parks Service Officer at the Council, is an executive member of the local Nepali Rhinos Football Club. The duo spoke to SBS Nepali about life in Shepparton, opportunities and challenges for the local Nepali community, and the ongoing FIFA World Cup among other topics. - एसबीएस अडियोको टोली हालै नेपालीभाषीहरूको ठुलो जनसङ्ख्या रहेको भिक्टोरियाको राजधानी मेलबर्नको सीबीडीबाट झन्डै १८० किलोमिटर उत्तरमा पर्ने रिजनल सहर शेपर्टनमा, त्यहाँ बसोबास गर्ने विविध समुदायहरूसँग अन्तर्क्रियाका लागि शुक्रवार, जुन १२ मा पुगेको थियो। पछिल्लो समय शेपर्टन नेपालीभाषीहरूको पनि रोजाइको गन्तव्य हुँदै गएको समुदायका सदस्यहरूले एसबीएस नेपालीलाई बताएका छन्। पोडकास्टको यो अङ्कमा ग्रेटर शेपर्टन नेपाली कम्युनिटीका सचिव तथा स्थानीय ग्रेटर शेपर्टन सिटी काउन्सिलमा अर्ली काल्ड आउटरिच अफिसरका रूपमा कार्यरत रहेका विशालजङ्ग कुँवर र काउन्सिलमा पार्क्स सर्भिस अफिसर रहनुका साथै नेपाली राइनोज फुटबल क्लबका कार्यकारी सदस्य भेषराज बरालसँग शेपर्टनको बसाइँ, समुदायका अवसर तथा चुनौती लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed


Share: TwitterFacebook

Powered by Plink Plink icon plinkhq.com