SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast show image

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Podcast

Episodes

Listen, download, subscribe

नेपाल रिपोर्ट: प्रदेश सरकारको विकास बजेट खर्च ६१ प्रतिशत, सङ्घीय सरकारको पुँजीगत खर्च झन् कम

नेपालका सात प्रदेश सरकारले गत आर्थिक वर्ष विकास निर्माणका लागि छुट्याएको बजेटको औसत ६१ प्रतिशत मात्रै खर्च गरेका छन्। सङ्घीय सरकारको पुँजीगत खर्च भने त्यसभन्दा पनि कम, ४६.७९ प्रतिशत मात्रै रहेको रिपोर्टहरू आउँदा विशेषज्ञहरू प्रदेशको खर्च सङ्घको भन्दा बढी हुनु उपलब्धि नभएको भनाई राख्छन्। उनीहरूले तीनै तहका सरकारको कमजोर विकास खर्चले आर्थिक गतिविधि र रोजगारी सिर्जनामा असर परेको बताएका छन्। विकास बजेट खर्च हुन नसक्नुका कारणबारे प्रतिक्षा दुलालको रिपोर्ट। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट RSS Feed


Share: TwitterFacebook

Powered by Plink Plink icon plinkhq.com